सल्यान । सल्यानको शारदा नगरपालिका—१३ का ६९ वर्षी देवीलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । शनिबार राति सल्यान चौरस्थित बालाराम कवरको घरमा धामीझाँक्री गर्न गएका उनको आइतबार बिहान तीन बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्किएर मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
गाउँमा धामी बसिसकेर बोक्सी भगाउने भन्दै कवरको घरमा बाख्रा काटी राति नै मासु पकाएर खाएका थिए ।