काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताएका छन्। नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा मंगलबार जारी गरेको वक्तव्यमा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन्।
पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्न विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ, यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता कार्यकर्तालाई अपील गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।