काठमाडौं । नेपालमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । यी मध्ये ७ जना निको भइसकेका छन् ।