रोल्पा । सुनीलस्मृति गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा जनएकता बचत तथा ऋण सहकारी संस्था लि. सुलिचौरले १० हजार सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड—१९)को संक्रमण बढीरहेको बेला त्यसको रोकथामका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेको सहकारीका अध्यक्ष कर्णबहादुर गिरी (आकाश)ले जानकारी दिएका छन् ।
सुनीलस्मृति गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा अहिले सम्म ३८ लाख भन्दा बढी जम्मा भएको गाउँपालिकाका प्रेस संयोजक आशिष भारद्वाजले बताएका छन् ।