काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समितिको बैठकले आन्तरिक तथा अन्नर्राष्ट्रिय उडानहरु म थप १५ दिन बन्द गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ गतेसम्म उडानहरु बन्द गरेको थियो । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरेपनि लक डाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए ।बैठकमा लकडाउनबारे समीक्षा भएको थियो। लकडाउन प्रभावकारी रहेको बैठकले निचोड निकालेको उनले बताए।
लकडाउनको समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको उनले बताए । लक डाउनको विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सचिव विडारीले बताए ।।