काठमाडौं । पाकिस्तान महिला क्रिकेट टीमकी पूर्व कप्तान साना मिरले अन्तर्राष्ट्रिय खेल करियरबाट सन्यासको घोषणा गरेकी छन् । ३४ वर्षीया मिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई बिट मार्ने घोषणा गरेकी हुन्। पाकिस्तानका लागि २ सय २६ अन्तरास्ट्रिय खेल खेलेकी उनले त्यसमध्ये १ सय ३७ खेलमा कप्तानी सम्हालेकी थिइन् । मिरले सन् २००५ मा पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेकि थिइन् ।
कुनै समय मिर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियताको शीर्ष स्थानसम्म पुग्न सफल भएकी थिइन । तर, उक्त वरियता विभिन्न कारणले विवादमा परेको विषयलाई पनि उनले खेल जीवनको पार्टोका रुपमा व्याख्या गरेकी छन् । मिर विश्व खेलकुदमा महिलाका लागि राम्रो उदाहरण रहेको आईसीसीले बताएको छ।