काठमाडौँ। विभिन्न पार्टी निकट मजदुर संगठनले श्रमिकको पारिश्रमिक भुक्तानी गर्न माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका हुन् ।
सरकारले २०७६ चैत १६ गते औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुले खाइपाइ आएको सम्पूर्ण पारिश्रमिक उपलब्ध गराउनु पर्ने निर्णय गरेको भन्दै उनीहरुले श्रमिकको पारिश्रमिक उपलब्ध गराउन माग गरेका हुन् ।