काठमाडौं । सरकारले लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिले १ हप्ता बढाउन सिफारिस गरेपनि सरकारले लकडाउन १० दिन थप गरेको छ। पछिल्लो समय जारी गरेको लकडाउनको समयसीमा भोलि सकिँदै छ। लकडाउनले गर्दा कोरोना नियन्त्रणमा सफल भएको निष्कर्ष निकाल्दै विगत ३४ दिनदेखी जारी लकडाउनलाई सरकारले निरन्तरता दिएको हो। कोरोना रोकथामका लागि भन्दै सरकारले पहिलो पटक गत चैत ११ गते लकडाउन आदेश जारी गरेको थियो।