काठमाडौंँ । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो । अहिलेसम्म कोरोना संक्रमित मध्ये १६ जना निको भएर घर फर्की सकेका छन् ।