रोल्पा । नेपाल तरुन दल रोल्पाले बेपत्ता रहेका पत्रकार धनबहादुर रोकामगरको परिवारलाई जस्तापाता सहयोग गरेको छ ।
रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार रोकामगरको तत्कालीन बिद्रोही माओवादीले २०५८ सालमा बेपत्ता बनाएका थियो । रोकामगरको अवस्था बारेमा अहिलेसम्म कुनै पनि कुरा जानकारी नभएको परिवारले जनाएका छन् ।

घरको अवस्था कमजोर भएकाले घरको छानो छाउने अभियान अन्तर्गत नेपाल तरुन दल रोल्पाले धनबहादुर छोराहरु बसन्त र रामचन्द्रलाई जस्तापाता हस्तान्तरण गरेको छ । सो अभियानमा नेपाली काँग्रेस रोल्पाका महासमिति सदस्य तथा पुर्व पार्टी सचिव एवं युवा नेता झक्कुप्रसाद घर्तिमगरले ७१ हजार रुपैयाँ सहयोग गरेका छन्, भने अन्य रकम नेपाल तरुन दल रोल्पाले, नेपाली काँग्रेस प्रति अस्थावानबाट सहयोग उठाएर १ लाख ३ हजार को जस्तापाता किनेर दिएको हो । १८ हजार ढुवानीमा खर्च गरेको नेपाल तरुन दल रोल्पाका वरिष्ठ उपाध्यक्ष पशुपति घर्तीमगरले बताए ।