काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन्।