२० वैशाख,रोल्पा । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर ५ का आन्तरिक तथा कानून मन्त्री कुलप्रसाद केसीले रोल्पाका पत्रकालाई मास्क उपलब्त्र गराएका छन् ।

शनिबार मन्त्री केसीले नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष देवी गुरुङलाई १ सय वटा मास्क हस्तान्तरण गरेका हुन् । उनले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार र महासंघका पदाधिकारीहरुलाई उक्त सामग्री उपलब्त्र गराएका हुन् ।

मास्क हस्तारन्तरण गर्दै कानुमन्त्री केसीले जिल्लामा अहिलेसम्म कोरोना संक्रमित नभेटिए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित तरिकाले समाचार संकलन तथा सूचना सम्प्रेषण गर्न सुझाव दिएका छन् ।