२१ वैशाख, काठमाडौँ । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।
नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् । पर्साका ३६ वर्षीय युवक हुन । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।
हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् ।