२२ वैशाख, रोल्पा । नेपाली काँग्रेस माडी गाउँपालिकाले, माडी गाउँपालिमा भित्र क्वारेन्टिनमा बसेका १ हजार २ सय २१ जनालाई मासु वितरण गरेको छ । ३ क्विन्टल ५५ किलो मासु वितरण गरेको नेपाल तरुण दल रोल्पाका वरिष्ठ उपाध्यक्ष पशुपति घर्तीमगरले जानकारी दिए । माडी गाउँपालिकामा रहेका ३१ वटा स्थानमा मासु दिइएको हो ।