एउटा सानो बस्ती । गाउँ देखि केही टाढा जंगलको बीचमा दुईवटा मात्रै घर । त्यही गाउँको एक घरमा फुलमाया र पहलमानका दुई छोरा र पाँच छोरी सहित ९ जनाको परिवार छ । परिवारको अवस्था निकै सामान्य । दिनभर काम गरे बेलुका अगेनामा आगो बल्ने । काम नपाए दिन आगो बल्नै मुस्किल ।
आर्थिक अवस्थाले धान्नै नसक्ने गरि थलिएको परिवार काम खोज्न बाहिर निस्कने सोँचमा पुग्यो । दुई छोरी र जेठो छोरा घरमै छाडेर श्रीमती फुलमाया, दुई छोरी र कान्छो छोरालाई साथमा लिएर काठमाण्डौ जाने निर्णयमा पुगे पहलमान । काठमाण्डौ जान गाडी भाडा थिएन उनीसँग । गाउँभर चाहार्दा एक जना समाजसेवीले उनलाई खर्च दिन तयार भए । घरको कमजोर आर्थिक अवस्थाले दुई छोरीले विद्यालय जान छोडेका थिए । कक्षा ५ मा पढ्दै गरेकी गीता र ४ मा पढ्दै गरेकी सर्मिला पढाई छोडेर बुवा आमासँगै काममाण्डौँ जाने भए । विद्यालय छोडेर काठमाण्डाँ जाने रहर थिएन गीता र सर्मिलालाई । तर के गर्ने पढाउन सक्ने बुवाको हैसियत नभएपछि उनीहरु पढाइ निरन्तरता दिन नसक्ने भए ।
काठमाण्डौँमा काम खोज्दा खोज्दै १ साता बित्यो । ईटा भट्टामा काम गर्ने गरि पहलमानको परिवारले काम पायो । सुरुमा पहलमान र फुलमाया ईटाभटा जान थाले । गीता र सर्मिला सानै थिए । पहलमानले सोचे छोरीहरुलाई पनि काम खोज्न पाए २÷४ पैसा थप हुन्थ्यो । ईटाभट मालिकसँग उनीहरुलाई काम लगाई दिन आग्रह गरे । एक वर्ष सम्म सबैले काम गर्ने अनि दशै मान्न घर जाने सल्लाहमा उनीहरुले काम गर्न थाले । गीता र सर्मिलाको उमेर १२÷१५ वर्षको थियो । एक वर्ष काम गरेर उनको परिवार दशै मनाउन घर फर्कियो । त्यो दशै उनीरुलाई निकै रमाइलो भयो । मिठो खाना निधारमा टीका सबै खुसि थिए । पहलमानले सोचे अब त अलिकति पैसा छ । छोरीहरुलाइ पढाउछु । गीता र शर्मिलालाइ पढाउछु भनेर रात दिन चिन्तन गरे ।
छोरा छोरीको भविष्य सोचेर पहलमानले छोरीलाई पढाउने निश्चय गरे । छोरालाई लिएर काठमाडौँ जाने अनि आमासँगै छोरीहरुलाई गाउँमै छाड्ने निश्कर्षमा पुगे पहलमान । दशै पनि सकियो । १०÷१५ दिन पछि उनले छोरालाई भने । बाबु तिमी र म कमाउन जाऔँ । बुवाको कुरा सुन्नासाथ छोरा रिसाउदै कोठामा लागे । यी सबै कुरा छोरी गीताले ल्ुकेर सुनिरहेकी थिईन । गीताको दिमागमा नराम्रो छाप बस्यो । उनले सोचिन मेरो बाबाको कुरा मेरो दादाले किन नमानेको होला । भोली पल्ट पहलमान काठमाडौँ जान तयार भए । बुवा काठमाण्डौ जाने तयारीमा रहेको देखेर गीताले भनिन बाबा काठमाडौँ नजानुस् घरमै केहि गरौँ । भैसीँ पालौ सबै मिलेर दुःख गरौँ । नजानुस् बाबा भनेर बाटो रोकिन । गहभरी आँखु लिएर पहलमानले भने छोरी तिमी घरमै बसेर राम्रोसँग पढ्न् म गए भन्दै हात हल्लाउदै घरबाट बिदाबारी भए । गीता ठूलो स्वरमा रुन थालिन । आमा फुलमायाले सम्झाउदा पनि रुन छोडिनन् । भोलि पल्ट दाईसँग झगडा भयो । छोरा भएर पनि बाबालाई सहयोग गर्न नसक्ने भन्दै गाली गरिन ।
काठमाण्डौँमा आफुलाई काम गरेर कटाउने शर्तमा बुवाले मोबाई किनिदिएको खबर गीताले पाईन । गीता मोबाईल चलाउन पाउने आशैआशामा थिईन । पहलमान दिनरात मिहिनेत गर्थे । केही दिन पछि बाबाले काठमाडौँबाट मोबाइल पठाइ दिनु भयो । हातमा मोबाइल पाए पछि सबै खुशी थिए । त्यतिबेला गीताले भनिन् बहिनी शर्मिलालाई त्यो मोबाईल किन्ने आठ हजार रुपैयाँले वर्ष भरी पढन पुग्थ्यो होला भनेर आमासँग कुरा गर्थिन ।
दिनहरु यसरी नै बित्दै थिए । गीताले बहिनीलाई पढाउन कोसिस गरिन । जसो तसो एक वर्ष कक्षा ४ पास गरेर कक्षा ५ को दोस्रो त्रैमासिक परिक्षा दिदै थिइन । एक दिन नचिनेको नम्बरबाट फोन आयो । नानी तिमी पहलमानको छोरी हो ? गीताले हतार गदै भनिन् । हजुर को हो ? फोन गर्ने मानिसले भन्यो म काठमाडौँबाट हो । नानी तिम्रो बाबालाई प्यारालाइसिसले हान्यो । एउटा हात र खुट्टा चल््दैन । गीता फोनमै रुन थालिन । आमालाई फोन दिइन । आमा पनि रुन सुरु भयो । कहाँ जाउ के गरौँ भनेर । सबै परिवार रुन थाले । भोलि पल्ट बिहानै फुलमायाले फोन गरिन र भनिन मेरो श्रीमानलाई जसरी हुन्छ अस्पताल भर्ना गरिदिनुस । ठेकदारले अस्पताल भर्ना गरे । १२ दिन पछि अस्पतालबाट डिस्चार्ज गरिदियो । उता फुलमायालाई न रातमा निद्रा , न दिनमा भोक । त्यही माथि छोराले दिएको पिडा । त्यो सबै देखेर गीता धेरै दुखि भइन । अब बाबालाई कहिले ठिक होला । अस्पतालबाट फर्केका पहलमान पहिले जस्तो इट्टा बोक्न सकेन भनेर ठेकेदार कराउन थाल्यो । पहलमानले घर फर्कने निर्णमा पुगे । घरमै जसो तसो काम गर्छु । मेरो हिसाब गर्नु । कति छ । म घर गएर पैसा पठाइ दिन्छु भने । ठेकेदारसँग भाडा मागेर घर तिर लागे ।
केहि दिन गाउमा काम गरेर बित्यो । एक दिन उनलाई फेरि रोग फर्कियो । घरमा कहिले राम्रो हुने भएन । पैसा पनि छैन अब कसरी अस्पताल लैजाउ भनेर फुलमाया गाउँभरी ऋण खोज्न हिडिन । तर उनलाई कसैले पत्याएनन । भोलि पल्ट गीतासँग कुरा गर्दैै फुमायाले भनिन । गीत म के गरु अब ? तेरो बाबालाई कसरी उपचार गर्ने । गीताले भनिन । तपाई र म जाउ आमा ऋण खोज्न । बुवा बिरामी भएपछि गीताका आँखा कहिल्यै ओभानो हुन पाएका थिएनन् । त्यो घटनाले गीताको आखाँ भरि आशु छचल्कियो । ऋण खोज्न गाउँभरि हिडे गीताको आमा छोरी । गाउँको एक जना अलि हुने खानेले म पैसा दिन्छु भने । मासिक तीन प्रतिशत ब्याजका दरले ६० हजार लिए । पैसा लिएर उनीहरु उपचारको लागि दाङ गए । केहि दिन अस्पतालमा राखे पछि पहलमान निको भएर घर फके तर शरिर निकै कमजोर भयो । उनले केहि काम गर्न नसक्ने भए । घर नजिक सानो बारी थियो । त्यसैमा खेति पाती गर्थे । त्यसमा उब्जाउ भएको ६ महिना पनि खाना पुग्दैनथ्यो । एक दिन काठमाडौँबाट ठेकेदारले पैसा तिर्नु पर्दैन भनेर फोन गरे । पहलमान घरमा आफ्नो अवस्था र स्थीतिको बारे ठेकदारलाई सबै जानकारी गराए । तर पनि ठेकेदारले जसरी भए पनि पैसा पठाई देउ भनेर अड्डी कसे ।
तिम्रो परिवारमा जो छन तीनिहरुलाई काममा पठाई देउ भने । काम गरेर ऋण चुक्ता हुन्छ ठेकदारले पहलमानलाई भने । पहलमानले दुखी हुदँै सोधे मेरो तिर्नु पर्ने ऋण कति हो । ठेकेदार ले २५ हजार रहेको जानकारी दिए । हजुरको पैसा पठाउछु केहि दिन पर्खनुस भनेर पहलमानले फोन काटे । कति पटक त पहलमान मर्ने कोसिस गरे । तर मुटुको टुक्रा छोराछोरीको सम्झनाले मर्न कहाँ दिन्थ्यो र ? एक दिन गीता मोबाईमा गेम खेल्र्दै थिइन । ठेकेदारको फोन आयो । बाबाले फोन नउठाएर बसे । दुई दिन पछि नाइके पहलमानको घरमा पुगे अनि पहलमानलाई सिधै भने । त्यो पैसा तिर्न सक्दैनौ भने छोरा छोरीलाई काठमाडौँ काम गर्न पठाई देउ भनेर थर्कायो । फुलमाया हात जोडेर नाइकेको अगाडि भनिन । हामीले भनेको कुरा छोरोले मान्दैन । छोरी छ छोरीलाई हामी कसरी पठाउ । कि पैसा दिउ कि छोरीलाई काठमाडौँ पठाइ देउ म लिएर जान्छु नाईकेले रिसाउदै भन्यो । गीताले भनिन दिदीहरु काम गर्न लाज मान्नु हुन्छ म जान्छु बाबा । मन नहँदा नहुदै पहलमान छोरीलाई काठमाडौ पठाउन तयार भए । त्यतीबेला शर्मिला कतैबाट आइन र दिदी कहाँ जान लाग्नु भएको भनेर सोधिन । गीताले काठमाडौँ जान लागेको कुरा बताइन । यो सुनेर शर्मिला ले म पनि काठमाडौँ जान्छु भनिन । काठमाडौँ गएर दुइ बहिनीले काम गरौँ अनि ऋण तिरेर फर्कौला भनेर शर्मिलाले भनिन । यो दृश्यले पहलमान र फुलमायालाई सह्य भएन दुवैले आँशु खसाले । आफु नै नसक्ने भए पछि के लाग्ने रहेछ र ? उनी चुप चाप लागे ।
नाइकेले दुई छोरी लाई लिएर काठमाडौँ गयो । गीताको एउटा हात सानै उमेर देखि अलि कजोर थियो । आफुले सकेको जति इटा बोक्थिन । शर्मिलाले पनि दीदीसँगै काम गर्दै गईन । दिन यसरी नै बित्दै थियो । गीतालाई थाहा थिएन ऋण कति छ । गत वर्ष पुस ५ गते देखि काम गर्दै आएका गीता र शर्मिलाले कति इटा बोके तलब कति केहि अत्तो पत्तो थिएन ।
यसै क्रममा कोरोना भाइरसको हल्ला चल्यो । सरकारले लकडान गरे पछि इटटा भट्टामा काम रोकियो । साँझ बिहान खाना दिन्थे । लकडाउन लम्बिदै गयो । गीता र शर्मिला पनि कोरोनाको डरले घर जाने निर्णयमा पुगे । गीताले ठेकेदारसंग घर फर्कने कुरा गरिन । ठेकेदारले उनीहरुलाई घर पठायो । बाटोमा आउदा निकै दुःख पाए । रोल्पाको होलेरी आए उनीहरु । उनीहरुले नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गरे । होलेरी प्रहरीले सुरपाल पठाइ दियो । वैशाख १० गते पानी र असिान परिरहेको बेला गीता र शर्मिला जसो तसो घर पुगे । छोरीहरु घर आएको देखेर परिवारका सबै सदस्य खुसी भए । घरमा पनि उनीहरु छुट्टै कोठामा बसे । गीता र शर्मीला काठमाडौँबाट घर आएको कुरा थाहा पाए पछि वडाकार्यालयबाट गएका कर्मचराीहरुले उनीहरुलाई क्वारेन्टीनमा राखे । १४ दिने क्वारेनटाईन बसाई सकेर थप ७ दिनको होम क्वारेनटाईनमा छन गीता सर्मिला अहिले । (सुनीलस्मृति -१,घोडागाउँ,रोल्पा)