३१ वैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २सय ४३ पुगेको छ । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको हो।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।