५ जेठ, काठमाडौं । नेपालमा एकै दिन ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।संक्रमितहरु मध्ये एक महिला र ४६ जना पुरुष छन् ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १ र १ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।