रोल्पा जुगारको हाङ्जाबाङ गाउँमा २०३६ फागुन १२ गते शिक्षा दिवसका दिनमा पिता झुपेश डाँगी क्षत्री माता नवरति डाँगी क्षत्रीको कोखबाट पहिलो सन्तानको रुपमा जन्मनु भएका काशीराम डाँगी, माध्यमिक तहमा अध्ययन गर्दादेखि नै पत्रकारिताप्रति रुचि बढाउनु भएका डाँगी अन्ततः विद्यालय अध्ययनपछि पत्रकार नै बन्नुभयो । विद्यालयमा छँदा भित्ते पत्रिकार निकालेर पत्रकारिता रहर बाँडेका उहाँले सुरुमा दाङबाट प्रकाशित गाउँभर सातदिने, नयाँ युगबोध दैनिक र सव्यसाँची साप्ताहिकमा काम गर्नुभयो २०५७ बाट भने उहाँले कान्तिपुर दैनिकका लागि सम्वाददाताका हैसियतमा रिपोर्टिङ सुरु गर्नुभयो । सशस्त्र द्वन्द्व सम्बन्धी सुरुआतदेखि नै प्रभावकारी रिपोर्टिङ गरेपछि कान्तिपुर पब्लिकेसन्सले २०५८ मा वेस्ट आउट स्टान्डिङ पुरस्कारबाट सम्मानित गरेको थियो ।
द्वन्द्व, विकास, मानवअधिकार, संक्रमणकालीन न्याय, समाज अध्ययन, राजनीति तथा समावेशी (जनजाति, अल्पसंख्यक, पछौटैपन, पीडित आदि) विषयको रिपोर्टिङमा बढी रुचि भएका उहाँ हालसम्म मूलधारको पत्रकारितामा संलग्न रहनुभएको छ । साहित्यिक सिर्जनामा के त्रसित, के आर डाँगी र चाङ चिराग का नामले चिनिदै आएका उहाँको अर्को रुचि अध्ययन गर्ने, घुमघाम गर्ने र मानिसहरुसँग भेटघाट गर्ने समेत हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट मिडिया टेक्नोलोजी विषयमा पनि स्नातकोत्तर उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषय स्नातक उतीर्ण गर्नुभएको छ । उहाँले नेपाल प्रेस ईन्स्टिच्यूट बाट दूर शिक्षा कार्यक्रम अन्तर्गत संचालित पत्रकारिता विषयमा समेत स्नातक गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति उहाँ रोल्पाको पहिलो पत्रिका रोल्पा आवाज पाक्षिकका सम्पादक समेत हुनुहुन्छ । उक्त पत्रिका २०६३ कात्तिक २२ गते पहिलो पटक प्रकाशित भएको थियो । उहाँसहित करिब दर्जन साथीभाई मिलेर सुनछहरी प्रकाशन प्रालि स्थापना गरी रोल्पामै पहिलोपटक पत्रिका प्रकाशित गरिएको थियो । पछि उहाँ आवद्ध समूहले नै रोल्पामा पहिलो सामुदायिक रेडियो रोल्पा स्थापना ग¥यो र उहाँ त्यसमा पनि समाचार संयोजक÷सम्पादक भएर काम गर्नुभएका डाँगीसँग गरिएको कुराकानीको सारः

कसरी पत्रकार बन्नुभयो ?
कक्षा ७ मा पढ्दा देखि नै पत्रकारिताप्रति रुचि बढ्यो । कक्षा ८ पढ्न थालेदेखि स–साना कविता र टुक्रे लेखहरु लेख्न सुरु गरँे । कक्षा ९ मा पुगेदेखि भने हामीले भित्तेपत्रिका प्रकाशित गर्न थाल्यौं । यो क्रम कक्षा १० पढ्दासम्मै रह्यो । त्यसबेला हामीले ‘नव प्रभात’ नामको भित्ते पत्रिका प्रकाशित गरेका थियौं । पत्रिका निकाल्दाको बेला मसहित हाम्रै गाउँका दाईहरु गरी करिब ६ जना सहभागी थियौं ।
दाङबाट प्रकाशित हुने गाउँघर सातदिने पत्रिकामा समाचार लेखँे सुरुमा मैले । त्यसबेला नेर्पामा पत्रिका पसल गर्ने देवबहादुर केसी दाईले पत्रिका दिनुहुन्थ्यो मलाई । पछि मैले त्यही पत्रिका पढ्दै समाचार देख्न सिकेँ । त्यसैबेलादेखि मभित्र पत्रकारिताप्रति निकै रुचि जागेको हो । पछि म लिबाङ आएँ । लिबाङ आउँदा म २१ वर्षको थिएँ । २०५७ सालमा पहिलोपटक लिबाङ आएपछि मैले कान्तिपुर पत्रिकामा काम गर्न थालेँ ।
कान्तिपुरमै काम गर्नुपर्छ भन्ने सोच कहाँबाट आयो ?
मैले दाङको पत्रिकामा काम गर्न थालेपछि त्यसबेला गाउँघरमा काम गरिरहेका गंगा वीसीले कान्तिपुरमा काम गर्न सुझाव दिनुभयो । त्यसपछि म लिबाङ आएर काम गर्न थालेको थिएँ ।
कति सालको कुरा हो ?
उहाँले मलाई पत्रकार बनेर लिबाङ जाने सल्लाह दिएको २०५६ सालको कुरा हो । पछि म लिबाङ आएको भने ०५७ सालमा हो । त्यस यता म लगातार लिबाङमा बस्दै आएको छु ।
पत्रकारितामा लाग्नुपर्छ भन्ने प्रेरणा कहाँबाट मिल्यो ?
विद्यालयमा पढ्दाखेरि मैले अतिरिक्त क्रियाकलापमा पनि भाग लिन्थेँ । शुक्रबारीय कार्यक्रमहरु नाचगान, खेलकुद, वक्तृत्वकला र हाजिरीजवाफ कार्यक्रममा भाग लिने मेरो रुचि हुन्थ्यो । साथै मैले गीत र कविता लेख्ने प्रयास पनि गर्थेँ । त्यसबेला मेरा सहपाठीहरुसँगै मिलेर हामीले सिर्जना गथ्र्यौं । मेरो रुचि कविता लेखनमा अलि बढी थियो । पछि हामीले प्रकाशित गरेको भित्ते पत्रिकामा पनि गीत, गजल, कविता, समाचारसहित साहित्य समावेश गथ्र्यौं । गाउँघर पत्रिकामा आफैले समाचार लेख्न सुरु गरेपछि भने मेरो रुचि साहित्यमा भन्दा समाचारमा बढी देखिएको महसुस गरेको थिएँ । साँच्चै त्यसतर्फ मेरो रुचि बिस्तारै बढ्न थाल्यो । भित्ते पत्रिका निकाल्दा तत्कालीन जुगार गाविसका अध्यक्ष मित्रलाल घर्तीमगर र मेरा आदरणीय गुरु कुलानन्द गिरी लगायतले विशेष सहयोग गर्छौं भन्नुभएको थियो । पछिसम्म पनि उहाँहरुले भित्ते पत्रिका चलाइरहनु पर्छ भन्ने सल्लाह दिनुभएको थियो । तर एसएलसी परीक्षापछि म थप अध्ययनका लागि बाहिर जानु पर्ने भएकाले पत्रिका बन्द भयो । त्यसबेला कक्षा ११÷१२ पढ्न दाङ जानुपथ्र्यो । जुगारमा उच्च माविको पढाई सुरु भएको थिएन ।
पत्रकारिता थाल्दा तालिम पनि लिनु भएको थियो ?
लिबाङमा आएर निरन्तर पत्रकारितामा लागेको एक वर्षपछि मात्र मैले तालिम लिएँ । सुरुमा तालिम लिएको थिइनँ । म लिबाङ आएको एक वर्षपछि नेपाल प्रेस इन्स्टिच्यूटले दाङको तुलसीपुरमा आयोजना गरेको ५ दिने पत्रकारिता तालिममा भाग लिने अवसर पाएको थिएँ । तर त्यो भन्दा अगाडि नै मैले कान्तिपुरमा काम गर्न थालिसकेको थिएँ । मेरो आत्मैदेखिको रुचिले गर्दा तालिम नलिएरै समाचार लेख्न सकेको हुनुपर्छ भन्ने लाग्छ ।
त्यतिबेला रेडियो नेपाल, बीबीसी लगायतका सञ्चार माध्यमबाट समाचार सुन्न सकिन्थ्यो । अहिलेको जस्तो सामुदायिक रेडियो थिएनन् । गाउँघरमा टेलिभिजनहरु हेर्न पाइँदैनथ्यो । बीबीसी सुनँे, गाउँघर पत्रिका पढेर सुरुमा समाचार लेख्न थालेँ । कान्तिपुरमा काम गर्न थालेपछि कान्तिपुर पढ्दै समाचार लेख्न थालेँ । त्यसपछि पत्रकारिता विषय पनि पढ्ने मौका पाएँ । केही तालिम पनि लिने अवसर मिल्यो । पत्रकारिता विषयप्रति रुचि जागेकैले मैले स्नातकोत्तर तहमा पत्रकारिता विषय पढेँ ।
द्वन्द्वकालको अवधिमा पत्रकारिता कसरी गर्नुभयो ?
म लिबाङ नआउँदै घर्तीगाउँ प्रहरी चौकीमाथि माओवादी आक्रमण भएको थियो । त्यो घटना मैले घरबाटै सुनेको थिएँ । बम–बारुद पड्केको, गोली चेलेको आवाज घरैबाट सुनेका थियौं । अहिले सम्झँदा लाग्छ–निकै जोखिम उठाएर पत्रकारिताको यात्रा थालिएको रहेछ । त्यो समयमा निकै जोखिमयुक्त थियो ।
अर्कातिर रोल्पाबाट समाचार पठाउने माध्यम पाउन मुस्किल थियो । दूरसञ्चारमा लाइन बसेर पालो पाएपछि मात्रै समाचार टिपाउन पाइन्थ्यो । सीमित मात्रै टेलिफोन लाइन थिए । सर्वसाधारणले जस्तै पत्रकारले पनि टेलिफोनमा बोल्न लामो लाइन बस्नुपथ्र्यो । तत्कालीन जिल्ला विकास समितिमा एउटा फ्याक्स मेसिन थियो, मैले प्रायः त्यसैबाट समाचार पठाउथेँ । त्यसबेला माओवादीले चलाएको सशस्त्र संघर्ष चरमउत्कर्षतिर उन्मुख थियो । माओवादी युद्धलाई दबाउनको लागि राज्यले सेना र प्रहरी समेतको संयुक्त सुरक्षा समूह परिचालन गरेको थियो ।
त्यो युद्धबाट नागरिकलाई जोगिन निकै धौ थियो । मासिनहरु द्वन्द्वबाट जोगिन विविन्न उपाय रोज्थे । द्वन्द्वबाट जोगिनका लागि कतिपयले विदेश, सदरमुकाममा विस्तापित भएर टाढा पुगे भने कोहीले घरमै लुकी बसेर ज्यान जोगाए । ती संघर्षपूर्ण दिनलाई मैले पनि कठिन अवस्थाबाट पार गरेँ । सुरुको अवस्थामा समाचार पठाउने एउटै मात्र माध्यम फ्याक्स थियो । पछि फ्याक्स बाहेक हुलाकबाट पनि समाचार पठाएँ । कहिलेकाही समाचार गाडीबाट पनि पठायौं । दाङमा फ्याक्स सञ्चालकसँग सम्पर्क गरेर रोल्पाबाट गाडीमै समाचार दाङ पठाउने अनि त्यहाँबाट समाचार काठमाडौं पु¥याइन्थ्यो । यो क्रम निकै लामो समयसम्म चल्यो ।
निकै कठिन अवस्थामा समाचार पठाएपनि पत्रिका र त्यसमा प्रकाशित समाचार पढ्न दुई दिन पर्खनुपथ्र्यो । तैपनि दुई दिनपछि आफैले लेखेको समाचार पढ्न पाउँदा भने निकै खुशी लाग्थ्यो । संकटकालकोे समयमा गाडीमा सुरक्षाकर्मीले चेक गर्ने भएकाले त्यसै मार्फत ल्याइएका पत्रिकाहरु पाउन ढिला हुन्थ्यो । लिबाङसम्म गाडी ढिला आउने भएकाले पनि पत्रिकाहरु रोल्पा आउन ढिलो हुन्थ्यो ।
त्यसबेला द्वन्द्व चर्केको थियो । पत्रकारका रुपमा काम गर्दा राज्य र माओवादीबाट यातना पनि पाउनुभयो ?
द्वन्द्वकालमा गाउँ जान माओवादीबाट पास लिनु पथ्र्यो । गाउँबाट फर्केपछि सदरमुकाममा सेना प्रहरीबाट सोधखोज हुन्थ्यो । माओवादीहरुले सुराकी गर्छ कि भनेर उताबाटै निगरानी गर्थे । त्यो समयमा एकदमै अपठ्यारो स्थितिको सामना गर्नुपथ्र्यो । निष्पक्षताका साथ काम नगरेको भए म अहिले जिवित हुन्नथेँ कि भन्ने लाग्छ कतिबेला । मानसिक यातना बीच पनि आफ्नो काम निरन्तर गर्न सकेँ, त्यसैमा म खुशी छु ।
तत्कालीन विद्रोही माओवादीले सदरमुखकाम लिबाङमै आएर भावाङका तत्कालीन जनप्रतिनिधिमाथि गोली चलाए । बैैंक र खानेपानी कार्यालयमाथि बम प्रहार गरिए । सदरमुकाममै विद्रोहीले सुरक्षामा गस्तीमा खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो । द्वन्द्वको उत्कर्षको क्रममै स्थिति भयावह भयो ।
म गाउँ जाँदा राज्य र माओवादी दुवैबाट असुरक्षित भएको मनोविज्ञन आम मानिसहरुमा रहेको पाउँथे । रोल्पाका घर्तीगाउ, होलेरी, गैरीगाउँ, गाम, गुम्चाल, हान्निङ कोर्चाबाङ, जंकोट, कोटगाउँ लगायतका थुपै्र ठाउँमा आक्रमण र दोहोरो भिडन्त भए । ती घटनाहरुपछि मान्छेहरु बोल्न डराउँथे । मानिसहरुसँग भेट्दा पत्रकारलाई पनि विश्वास गरिन्नथ्यो । कारण पत्रकारलाई पनि सुरक्षाकर्मी, माओवादी वा सरकारी कर्मचारी जस्तो ठानेर विश्वास नगरिएको होला जस्तो लाग्छ । पत्रकार देख्दा उनीहरु ठान्थे–पत्रकारले पनि हामीमाथि आक्रमण गर्ने पो हुन् कि ? मानिसहरु डराउँथे ।
अथवा असुरक्षा पो हुने हो कि भन्ने लागेको जानकारी पाइन्थ्यो । किनभने सबैतिर त्रास, भय र असुरक्षाको अवस्था थियो । सबैतिर त्रासैत्रास भएको अनुभव मैले गर्थँे । गाउँमा धेरै मान्छेहरु पीडा लुकाएरै बसेको पाउँथे । आफन्तहरु गुमाए पनि बच्न पाए हुन्थ्यो भन्ने खालको स्थिति थियो । पत्रकारको रुपमा मैले उहाँहरुको कुरा सुन्दा म आफैले पनि सुरक्षित महशुस गर्थेँ । अर्काेकुरा, जिल्लास्थित सुरक्षा समितिको निर्यणहरु, माओवादीप्रति लिएको रणनीति, योजनाका बारेमा जानकारी पाउने भएकाले पनि थप त्रसित अनुभव हुने गरेको थियो ।
चरम द्वन्द्वको अवधिमा पनि पत्रकारलाई सूचना चाहिने नै भयो । कसरी पाउनुहुन्थ्यो सूचना ?
लिबाङ सानो ठाउँ भएकाले केही सूचनाहरु प्रहरीबाट पाउन सकिन्थ्यो । कामका लागि गाउँबाट सदरमुकाममा आउने शिक्षक, कर्मचारी र सर्वसाधारण मार्फत् पनि सूचना पाइन्थ्यो । सबैले मलाई पत्रकारको रुपमा विश्वास गरेर सूचना दिन्थे । त्यो बाहेक माओवादी आफैले पनि सूचना दिन्थे । माओवादीका आमसभा, अन्तरक्रिया, भेला र भेटघाट कार्यक्रममा पत्रकारलाई लैजान उनीहरु आफैले बोलाउँथे । पत्र लेख्थे ।
तर दोहोरो भिडन्त्र, आक्रमण र बैठकका सूचना भने पाइने कुरा थिएन । त्यस्ता घटनापछि मात्रै सूचना लिन ती स्थानमा पुग्नुपथ्र्यो । बढी मानवीय क्षति, आक्रमण, भिडन्तहरुका सूचना पाउन समय कुर्नुपथ्र्यो र जोखिमयुक्त एवं मुस्किलै हुन्थ्यो । रेडियो नेपाल र टेलिभिजनले कुनै ठाउँमा घटना भएपछि प्रचार गर्ने सूचना बढाइ–चढाइ गरिएको पाइन्थ्यो । हामीले सुन्थ्यौं–घटनापछि यति जना मारिए, उति मारिए । तर यथार्थ त्यस्तो हुन्नथ्यो । अर्काेतर्फ माओवादीको आफ्नै एफएम रेडियो संचालित थियो । राज्यप्रतिको आक्रोश र सूचना प्रवाह त्यो एफएमबाट त्यसैगरी आउँथ्यो । माओवादीबारे सूचना पाउनुपरेको खण्डमा लुकिछिपि रेडियो सुन्थ्यौं । तर पछि सूचना केलाएर मात्रै प्रयोग गर्नुपथ्र्यो । मानवअधिकारकर्मी, पत्रकारहरु मिलेर घटना स्थलसम्म पुग्दा दृश्य र अवस्था बेग्लै भएको पाइन्थ्यो । स्वतन्त्र पत्रकारका लागि यथार्थ सूचना खोजेर मात्रै पाउनु पर्ने अवस्था थियो । सामान्य घटनालाई पनि ठूलो बनाएर प्रचार गर्ने, आफ्नो रणनीति सार्वजनिक गर्ने प्रचलन दुवै पक्षबाट गरिन्थ्यो । त्यसले गर्दा हामीलाई स्वतन्त्र रुपमा काम गर्न ठूलो जोखिम थियो ।
त्यसबेला सूचना संकलन गर्दा डायरी प्रयोग गर्नुहुन्थ्यो होला । कसरी सुरक्षित राख्नुभयो ?
गाउँमा अर्थात माओवादी नियन्त्रित क्षेत्रमा पुग्दा संकलन गरिएका सूचना जोगाउन समस्या हुन्थ्यो । फोटोहरु खिचेपछि रिल लुकाएर राख्थेँ । डायरी पनि लुकाएर राख्नुपथ्र्यो । माओवादीबारे लेखिएको टिप्पणी सुरक्षाकर्मीले भेट्लान वा सुरक्षाकर्मीबारे लेखिएको डायरी माओवादीले देख्दान भनेर लुकाउनुपथ्र्यो । लुकाएर राख्थेँ । पुस्तकसँगै केही डायरी त कोठा नजिक खाल्डो खनेर लुकाएको सम्झना छ । त्यसो गर्दा केही डायरी किराने नष्ट पारेको भेटियो ।
डारीमा लेख्दा मैले अरुले नबुझ्ने गरी लेख्थेँ । जस्तो कि माओवादी, लडाकु वा द्वन्द्व बारे बुझाउने शब्द मैले अर्कै अक्षरमा लेख्थेँ । त्यस्तै प्रहरी, सेना, कर्मचारी वा कर्मचारी लेख्दा पनि भिन्नै अक्षरमा लेख्थेँ । ती सबैलाई भिन्नै अक्षर वा संकेतबाट मैले मात्रै बुझ्ने गरी लेख्थेँ । मेरा डायरीमा ती संकेत, अक्षर र बुझ्न मुस्किल पर्ने अरु यस्तै यस्तै शब्द भेटाउन सकिन्छ । त्यसो गर्दा सूचना र अक्षर बुझ्न मैले मात्र बुझ्ने भिन्नै ‘कोड’ प्रयोग गरेको सम्झना छ ।