१२ जेठ,काठमाडौं। नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित पुष्टि हुनेमा रौतहटका २६, बाराका २३, दैलेखका ७, धनुषा, काठमाडौं, कपिलवस्तुका ३र३, बाँकेका ४, सप्तरीका २ र बर्दियाका १ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।