१५ जेठ, काठमाडौं । प्रसिद्ध गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । थापाका ‘ए कान्छा ठट्टैमा यो वैँस जान लाग्यो’, ‘जाग(लम्क(चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’, ुआँखाको भाखाु, गोरेटो त्यो गाउँकोु, ुघुम्तीमा नआऊ हैुलगायत गीत चर्चित छन् ।