१६ जेठ, रोल्पा । रोल्पा नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सूर्याेदय लुघुवित्त वित्तिय संस्था लि. लिबाङ शाखाले १० हजार सहयोग गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड—१९)को संक्रमण बढीरहेको बेला त्यसको रोकथामका लागि नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा १० हजारको चेक जम्मा गरेको लिबाङ शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० हजार सहयोग गरेकोमा ले लघुबित्त वित्तिय संस्थालाई धन्यवाद दिएका थिए ।