१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएको छ ।