२१ जेठ,काठमाडौँ ।नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखा ७६ वर्षीय पुरुषको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जेठको १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएपछि टिचिङमा सारिएको र आज उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।योसँग नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।