अकस्मात म
यसरी गर्भधारण भए
मानिलिउ
मैले घाम जन्माउन खोज्दै थिए
दुर्भाग्य मेरो कोखबाट
राक्षसको जन्मभयो।

म डराए,कराए
तर संसार बोलेन,
किनकि दुनियाँ निदाइ रहेको थियो
मस्त निद्रामा।

जब राक्षस हिड्न लाग्यो विश्व यात्रामा
एक तर्फि शासन सुरु गर्न थाल्यो
जब उसलाई संसारकै
देवी देवतालेनि जित्न सकेनन्
र दुनियाँ त्रासमय बन्यो ।

हाँसि रहेको हिमालले
हाँस्न भुल्यो
बिहान पख भालेले
बास्न भुल्यो
सुन्दर फुलहरुले
आफ्नो बास्ना भुल्यो
उडिरहेको चरिले उड्न भुल्यो
गुडिरहेको साइकलले गुड्न भुल्यो
दुनियाँले सास फेर्न भुल्यो
तर
म एक्लै तेस्रो
विश्व युद्ध लदिरहेको छु

मेरो जित निश्चित छ
तरिकाले फरिक भएझै
खरायो र कछुवाको लडाइमा
कछुवाले जितेको थुप्रै इतिहास छ
र म कोरोनासंग लडिरहेको छु