२५ जेठ, काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि जानकारी दिएका हुन योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ।