२६ जेठ,पोखरा। कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले स्याङ्जाका एक जनाको मृत्यु भएको पुष्टि गरको छ ।
मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिकाका वडा नम्बर ३ का ५८ वर्षीय पुरुष रहेका छन् । उनलाई हिजो कोरोना संक्रमणको पुष्टि भएपछि आइसोलेशनमा भर्ना गरिएको थियो ।योसँगै नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।