२६जेठ,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।