२२साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने बताएको छ । विद्यालयले नै परीक्षा सञ्चालन गर्ने भएपछि बोर्डले शुल्क फिर्ता दिने निर्णय गरेको हो ।

परीक्षार्थीले परीक्षा शुल्क ६ सय रुपैयाँ बुझाएका थिए । अब २ सय कटाएर ४ सय फिर्ता गर्ने बोर्डले जनाएको छ । उक्त शुल्क १२ को वार्षिक परीक्षामा समायोजन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।