२८ जेष्ठ, काठमाडौं। कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरु देखि नै प्रभावकारी रुपमा कदम चालेको प्रधामन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै उनले कोरोनाविरुद्ध शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रयास गरेको बताए ।
देशको स्वास्थ्य पूर्वाधारमा भएको कमजोरीका कारण कतिपय कदम लिन कठिनाई भएको प्रधानमन्त्रीको भनाई छ ।
लकडाउनले कोरोना नियन्त्रणमा प्रभावकारी भएको उनको दावी छ ।