२८जेठ,काठमाडौँ। सरकारले बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ।
बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुलाा गर्ने निर्णय गरेको मन्त्रिपरिषदले बताएको छ ।
त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ। रेष्टुरेन्टहरुमा खाना लैजाने मात्र खुला गर्ने भएको छ।
तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ।