२९जेठ,काठमाडौं। नेपालमा आज थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
हालसम्म कोरोना भाइर संक्रमणबाट नेपालमा १५ जनाको मृत्यु भएको छ ।