२९जेठ,रोल्पा। रोल्पाका एक वडाध्यक्षले राहतमाग्नआएकामजदूरलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले सोही वडाका स्थानीय गुरुप्रसाद थापा माथि खुकुरी प्रहार गरेका हुन् । लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएको भन्दै मजदुर मानसिङ थापा सहित त्यहाँ पुगेका आफुहरुले वडा कार्यालयबाट राहत पाउनु पर्ने माग गरेपछि वडाध्यक्षले सुरुमा मानसिङलाई मुक्का प्रहार गरेको र छुटाउन जाँदा आफू माथि वडाध्यक्षले खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले बताए।
घटना बुधवार साँझको भएपनि घाइतेले विहिवार उपचारका लागि होलेरी गएपछि घटना बाहिरीएको हो । पीडित थापाको घुडामा गहिरो चोटलागेको छ । घाइते थापाको अहिले होलेरी स्थित एक निजी क्लिनिकमा उपचार भएको छ। वडा अध्यक्ष थापाले मोबाइल फोन समेत खोसेर लगी १५ हजारमा जबरजस्ती मिलापत्र गर्न बाध्य पारेका थिए । मिलापत्र गरी उपचार गर्न नजानु भनेका थिए’ पीडित थापाले भने ‘तर गम्भीर चोट लागेकाले उपचार गर्न आए ।’
उपचार पछि पीडितले ईलाका प्रहरी कार्यालय होलेरीमा उजुरी दिएका छन् । पीडितको उजुरीका आधारमा आरोपितलाई पक्राउ गर्ने इप्रका होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए ।गुरुप्रसाद र मानसिङलाई बचाउन जादा छिमेकी ग्वाता थापा समेत घाइते भएका छन ।वडाध्यक्ष थापा तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् ।