३१ जेठ,रोल्पा। रोल्पामा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको । बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जना संक्रमित भेटिएका हुन । संक्रमित रोल्पा नगरपालिका १ बामरुका १८,२२,२५,१८,२१ वर्षका पुरुष रहेका छन् ।
त्यसै गरी सुनिलस्मृति गाँउपालिका वडा नम्बर १ घोडागाउँका ४०,४७,२०,१८,४०,२१ वर्षका पुरुष रहेका छन । त्यसैगरी सुनिलस्मृति २ खुंग्रीका २१ वर्षीय महिला सहित १८, २९,२७ ,२४ वर्षका पुरुष रहेका छन् ।
सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षका पुरुष रहेको छन् । सोहि गाउँपालिका वडा नम्बर ८ का २३,३२,१९, १८,२१ वर्षका पुरुष र वडा नम्बर ७ का १७ पुरुष रहेका छन्। यससंगै रोल्पामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।