३१ जेष्ठ, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाराका एक पाँच वर्षे बालक र अर्का बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।