१ असार, काठमाडौँ । कर्णालीमा सोमबार एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १हजार ७७ पुगेको छ ।