४ असार, काठमाडौं । रोल्पामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको नियमित प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतम प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परीक्षाणमा रोल्पा नगरपालिका वडा नम्बर ५ जेडबाङका २ ज जना पुरुषमा कोराना संक्रमण पुष्टि भएको बताएका हुन ।उनीहरु जेठ १५ गते भारतबाट आएका थिए ।