५ असार,काठमाडौं । नेपालमा शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएका हुन । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा झापाका १ र मोरङका २ जना, जनकपुरमा भएको परीक्षणमा सर्लाहीका ११ र सप्तरीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा अछामका ७, बागलुङ १८, बैतडी ६३, बझाङ ३, बाजुरका ८, डडेल्धराका ९, धादिङको १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी, डोटीका १४, गोरखाका ११, कैलालीका ४४, कास्कीका २, काठमाडौंका ३, मकवानपुरका २, मोरङ र म्याग्दाका १र१, नवलपरारी पूर्वका २, सिन्धुपाल्चोकका २१, तनहुँका १९, पर्वतका ५, उदयपुर २, सिन्धुली र चितवनका १र१ जनामा पनि कोरोना देखिएको छ ।
यस्तै, हेटौँडामा भएको परीक्षणमा मकवानपुरका ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा बैतडीका ५ जना, पोखरामा भएको परीक्षणमा स्याङ्जाका १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा कास्कीका  ६, नवलपरासी पूर्वका २ स्याङ्जाका १ बागलुङका ८ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षणमा बागलुङका ६ र स्याङ्जाका १ जना, रूपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ६, गुल्मीका ९४, कपिलवस्तुका ४, नवलपरासी पश्चिमका १, रुपन्देहीका २, सेती अस्पतालमा भएको परीक्षणमा अछामका १, कैलाली ३ र कंचनपुर २० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा। गौतमले बताए । यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ ।
शुक्रबार देशभरीका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा १ लाख ९ हजार ४ सय ६१ जना रहेका छन् भने ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । शुक्रबार २ सय १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।