१० असार, रोल्पा ।रोल्पा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अनुमानीत बजेट प्रस्तुत गरेको छ । सातौँ नगरसभामा उपप्रमुख मनकुमारी घर्तीले आगागी आर्थिक वर्षका लागि  ७० करोड ३७ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।

कुल बजेट मध्य पुँजीगत तर्फ ३० करोड ७१ लख ५ हजार र चालु तर्फ ३९ करोड ६६ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख घर्ती जानकारी दिइन ।

आन्तररिक आम्दानीबाट २ करोड, गत वर्षको अल्याबाट ३ करोड १५ लाख राज्यस्व बाँडफाँबाट १० करोड ५० लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि ९ करोड संघीय सरकारबाट सशर्त अनुदान प्राप्त २५ करोड ६०लाख, वित्तिय समानीकरण तर्फ ११ करोेड ३१ लाख, समपुरक तर्पm ८ करोड, विशेष अनुदान १५ करोड, साथै प्रदेश सरकारबाट ५२ लाख ४३ हजार, सशर्त अनुदान १७ करोड ८० लाख ५ हजार, समपुरक अनुदान ३ करोड ९३ हजार, विशेष अनुदान ७ करोड आय हुने अनुमान गरिएको छ ।

उपप्रमुख घर्तीले बजेट पेश गर्दै स्वास्थ्य, कृषि,  शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको जानकारी दिईन् ।