१० असार, रोल्पा । सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि अनुमानीत आय व्यय प्रस्तुत गरेको छ । आठौँ गाउँसभामा गाउँपालिका आर्थिक समितिका संयोजक टीकाबहादुर बुढामगरले ३७ करोड ६१ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन गरेको हुन ।

आर्थिक बर्ष २०७७र०७८ को बजेटमा प्रत्येक वडालाई १÷१ करोडको बजेट सिलिङ् दिईएको तथा आर्थिक विकास तर्फ एक करोड तीन लाख पचास हजार,कृषि तर्फ ५१ लाख४० हजार ,पर्यटन तर्फ ६ लाख ५० हजार,उद्योग तर्फ ३ लाख ९५ लाख, पशुपन्क्षी विकास तर्फ ४ लाख २० हजार त्यसै गरि सामाजिक विकास तर्फ ८० लाख १४ हजार विनियोजन गरिएकोछ।जस अन्तर्गत शिक्षा विकास तर्फ १० लाख २५ हजार ,स्वास्थ्य तर्फ २८ लाख ९० हजार,खानेपानी तर्फ २ लाख, संस्कृती संरक्षण तर्फ १० लाख,लक्षित वर्ग तर्फ २४ लाख १० हजार र खेलकुद विकास तर्फ ४ लाख ८९ हजार विनियोजन गरिएको छ।त्यसै गरि पुर्वाधार बिकास तर्फ ६ करोड १० लाख ६० हजार विनियोजन गरिएको छ । जस अन्तर्गत सडक तथा झोलुङ्गे पुल तर्फ १ करोड ३९ लाख ५० हजार,सिंचाइ तथा खानेपानी तर्फ ५० लाख २० हजार,भवन तर्फ ३ करोड ३४ लाख ५० हजार,निर्मित भवन तथा सडकको भौतिक मर्मत सुधार ८३ लाख ४० हजार,बस्ती संरक्षण तर्फ ३ लाख विनियोजन गरिएको छ।

त्यसै गरि वन तथा वातावरण तथा विपद व्यवस्थापन तर्फ ५१ लाख विनियोजन भएको छ।जस अन्तर्गत वन तथा भू—संरक्षममा ६ लाख ५० हजार ,जलाधार संरक्षणमा ५० हजार,फोहोर मैला व्यवस्थापनमा ३ लाख ५० हजार र प्रकोप व्यवस्थापनमा ४१ लाख विनियोजन गरिएकोछ, त्यसै गरि सुशासन तथा संस्थागत बिकास अन्तर्गत १ करोड ४ लाख २५ हजार विनियोजन गरिएको छ।त्यसै गरि गाउपालिकाको चालु खर्च तर्फ ७ करोड १६ लाख ४१ लाख ८ हजार ९४ विनियोजन गरिएको छ भने वडा कार्यालयको चालु खर्च तर्फ ४५ लाख ७६ हजार २०० सय विनियोजन गरिएको छ । गाउँ पालिकाले कृषि तर्फ खाद्य बालीलाई प्राथमिकतामा राखेको छ ।