१६ असार,काठमाडौँ। नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन ओगमा निवेदन परेको छ ।

तत्कालीन माओवादी र एमालेबीच एकता भइ नेकपा भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपाल एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।

झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् । यस विषयमा सत्तारुढ नेकपा बैठकमा छलफल भएको छ ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारेको एजेन्डा प्रवेश गराउदै यसमा प्रधानमन्त्रीको धारणा मागेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा दुई दिन अगाडी नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको नेकपाका एक नेताले जानकारी दिएका छन् ।