१७ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ( एसईई)को मूल्यांकल गर्दा तीन वर्षदेखिको एईई परीक्षाको नतिजा अध्यनन गर्न निजी विद्यालयका प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सको निर्देशनले निर्देशन दिएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् ।

प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन छ ।
२०७६ चैत ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि आन्तरिक मूल्यांकनका आधार नतिजा सार्वजनिक गर्न लागिएको हो ।