१७असार,काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युब मिडियालाई अन्तरवार्ता नदिने भएकी छन् ।

युट्युव मिडियाका अन्तर्वार्ताले आफुलाई असर पुग्ने गरेको भन्दै उनले यस्तो निणर्य लिएकी हुन् ।

केही दिन अगाडि फिल्म अभिनयको सिलसिलामा आफुले भोगेको दुर्ब्यवहार बाहिर ल्याएकी शाहले सामाजिक सञ्जालमार्फत आफ्नो तितो अनुभव दर्शकमाझ शेयर गरिरहेकी छन् । शाहले मंगलबार इस्टाग्राममा शेयर गरेको भिडियोमा युट्युव पत्रकारलाई अबदेखि अन्तवार्ता नदिने बताएकी हुन् ।