मेषः दिन प्रतिकूल खालको रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

वृषः दिन अत्युत्तम रहनेछ । अत्यन्त सहज र सुखद यात्रा गरिनेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

मिथुनः दिन राम्रो रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । शरीर स्वस्थ रहनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

कर्कटः दिन उचित खालको रहनेछ । मनमा चिन्ता कम हुनेछ । बुद्धिविवेक क्रियाशील रहनेछ । स्वास्थ्य तन्दुरुस्त हुनेछ ।

सिंहः दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । कामप्रति सचेतताको खाँचो रहनेछ । ठूलो कामको आशा नगर्नु नै बुद्धिमानी हुनेछ ।

कन्याः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmमममा उपस्थित भइनेछ । कामप्रति जोश, जाँगर चल्नेछ । यश मिल्नेछ ।

तुलाः दिन अनुकूल रहनेछ । वाक्शक्ति र अर्थशक्तिको विकास हुनेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । शरीर स्वस्थ रहनेछ ।

वृश्चिकः दिन भाग्योदयकारक रहनेछ । पढाइ लेखाइमा मन जानेछ । महत्वपूर्ण काम हात पर्नेछ । उपयुक्त निर्णय गरिनेछ । पराव्रmम बढ्नेछ ।

धनुः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । काममा व्यवधान आउनेछ । बढी जोखिममूलक काम नगर्नु बेस हुनेछ ।

मकरः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । आयआर्जन बढ्नेछ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ । नवीन आयस्रोत जुट्नेछ ।

कुम्भः दिन राम्रो रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । निर्णय क्षमतामा वृद्धि हुनेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ ।

मीनः दिन सन्तोषजनक रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता पाउन सकिनेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ । शरीर पनि स्वस्थ रहनेछ ।