१९ असार,काठमाडौं । नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका ८५ वर्षीय पुरुषको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

यसअघि नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु पुष्टि भएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेका मन्त्रालयले जानकारी दिएको हो ।