१९ असार,काठमाडौं। अभिभावक संघ नेपालले कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा संघले कोरोना महामारीको जोखिम झन बढिरहेको भन्दै कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको हो ।

अभिभावक संघका अध्यक्ष केशव पुरीले कानून मै नभएको कक्षा ११ को परीक्षा लिन आवश्यक नरहेको बताए ।

शिक्षा मन्त्रायलले कक्षा ११ को परीक्षा, निजी विद्यालयको शुल्क र अनलाइन कक्षालाई मान्यता दिने कि नदिने भन्ने विषयमा अभिभावक संघ र नेपाल शिक्षक महासंघसँग छलफल गरेको हो ।