१९ असार,भारत । भारतको दिल्लीमा अलपत्र ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ ।

गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्‍याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।

शान्ति पुनःस्थापना गृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताए ।

महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ थियो ।