२०असार, काठमाडौँ। बझाङको केदारस्युँ गाउँपालिका—८ मा पहिराले १७ घर बगाएको छ ।

शुक्रबार राति परेको वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका—८ को मल्लेसका १७ घर बगाएको हो ।

घटाना तर्फ प्रहरी टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । पहिरोबाट के—कति मानविय क्षति भयो भनेर अहिले एकीन जानकारी नआएको प्रहरीले बताएको छ ।