मिति २०७७ साल असार २४ गते, बुधबार । ईश्वी सन् २०२० जुलाई ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–तृतीया ।

मेषः दिन अनुकूल रहनेछ । कठिनाइपूर्ण तरिकाले लाभ हुने देखिन्छ । महिलाका तर्फबाट सहयोग पाइनेछ । मन प्रफुल्ल हुनेछ ।

वृषः दिन उत्तम खालको रहनेछ । मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जोश बढ्नेछ ।

मिथुनः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रुचि कम हुने देखिन्छ । स्वास्थ्य पनि कमजोर हुनेछ । सावधानीको आवत्यकता पर्नेछ ।

कर्कटः दिन प्रतिकूल रहनेछ । शरीरमा सामान्य चोटपटक लाग्न सक्नेछ । यातायातको साधनमा सावधानीको खाँचो रहनेछ ।

सिंहः दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् ।

कन्याः दिन उत्तम रहनेछ । सरकारी सेवाबाट लाभ मिल्नेछ । नियमित कामबाट मनोबल बढ्नेछ । शत्रु परास्त हुनेछन् ।

तुलाः दिन मध्यम रहनेछ । व्यक्तित्व विकासमा व्यवधान हुन सक्छ । मनमा चिन्ता बढ्न सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ ।

वृश्चिकः दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

धनुः दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । अरूबाट सहयोग मिल्नेछ ।

मकरः दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्ति घट्नेछ । खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्य कमजोर हुनेछ ।

कुम्भः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । बौद्धिक कार्य हुनेछ ।

मीनः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । व्यवहारिक समस्याले पिरोलन सक्नेछ । हरेक कामममा सावधानीको खाँचो रहनेछ ।