२५असार,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोमा परी वेपत्ता भएकाहरुको खोजिमा लाग्न पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

बझाङ, सिन्धुपाल्चोक लगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको, परिवारमा समवेदना व्यक्त गरेका छन् ।

बिहीबार बिहान प्रचण्डले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत बेपत्ता भएकाहरुको खोजीका लागि स्थानीय प्रशासन तथा पार्टीपंक्तिलाई जुटन अपिल पनि गरेका हुन् ।