२५ असार,काठमाडौं । नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको छ। बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको हो।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतस्फुर्त भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जि न्यूजले अनर्गल र अनिरञ्‍जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।